प्रचण्डबारे अन्टसन्ट बोलेपछि रेणुले ओलीलाई नङ्ग्याइन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई धेरै फुर्ती नलगाउन चेतावनी दिएकी छिन् ।

भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी रेणुले ओलीलाई झण्डै दुईतिहाइको बहुमतमा माओवादीले पु¥याएको बताएकी छिन् । निर्वाचन जित्नका लागि प्रचार प्रसारमा जाँदा भाई (प्रकाश दाहाल)को समयमा उपचार गर्न नपाएर गुमाउनु परेको उनले बताएकी छिन् ।

ओलीले प्रचण्डलाई भोट मागेर चितवनबाट जिताएको भनेर अभिव्यक्ति दिएपछि रेणुले आपत्ति प्रकट गर्दै ओलीलाई जिताउन माओवादीको ठूलो भूमिका रहेको बताएकी हुन् ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमामात्र त्यही पनि पार्किन्सनको बिरामी । भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद् घटना भयो’, रेणुले भनेकी छिन् ।

‘घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ–आफ्नो चुनावी मैदानमा बिरामी आमा मात्र घरमा’, रेणुले भनेकी छिन्, ‘अकालमा उपचार पनि नपाई, के थाहा ? समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगिन पनि सक्थ्यो ।’

उनले भनेकी छिन्, ‘यस्तो परिस्थितीबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको हो । झण्डै दुईतिहाईको सरकार के ओल एक्लैले ल्याएको हो ?’

‘हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त ?’, रेणुले ओलीलाई चेतावनी दिँदै भनेकी छिन्, ‘धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त ।’

‘ईतिहाँसमा दुई पटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला’, प्रचण्डकी छोरी रेणुले भनेकी छिन् ।

Published : Tuesday, 2021 November 2, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया