सीता एयरसँग बँदेल ठोक्किएर दुर्घटना

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ ।

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो ।

सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल छन् ।

जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।

Published : Tuesday, 2021 November 2, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया