सर्वोच्चको विवादबारे कांग्रेस नेता सिटौलाको अभिव्यक्तिले खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन् ।

काठमाडौंको मनमैजुमा सोमबार कांग्रेसको तारकेश्वर नगर समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सिटौलाले न्यायालयमा प्रवेश गरेको विवादले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्ने चिन्ता बढेको बताएका हुन् ।

उनले भनेका छन्, ‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ ।’

‘देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ’, कांग्रेस नेता सिटौलाले भनेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अधिवक्ता र न्यायाधीशहरूले आन्दोलन गरिरहेका छन् ।

Published : Monday, 2021 November 1, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया