कांग्रेसको पोल्टामा अर्को सरकार आयो, शाहीको भाग्य खुल्यो

वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

सोमबार बेलुका मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका हुन् ।

शाहीले राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सरकार बन्ने पक्का भएको छ । कांग्रेसको तर्फबाट अब कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।

वैशाख ३ गते विश्वासको मत लिँदा कांग्रेससँग भएको सहमतिका आधारमा शाहीले राजीनामा दिएका हुन् ।

विश्वासको मत लिँदा शाहीले कांग्रेसलाई ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए ।

वैशाखमा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसवेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

कांग्रेससँग भएको पूर्वसहमतिका आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

साढे तीन वर्ष अगाडिसम्म कांग्रेसले केन्द्र सरकार र प्रदेश सरकारका बारेमा सोँच्न पनि सकेको थिएन । तर, अहिले धमाधम कांग्रेसको पोल्टामा सरकारहरू आइरहेका छन् ।

Published : Monday, 2021 November 1, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया