लैनचौरमा मनाइयो आरोग्य सप्ताह
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास लैनचौरमा आरोग्य सप्ताह मनाइएको छ ।
आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा आरोग्य सप्ताहको आयोजना गरिएको हो ।
सप्ताहव्यापी उत्सवको अवसरमा आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती शीर्षकमा अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरिएको थियो ।
आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा.प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा.शिवमंगल प्रसाद, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारको उपस्थिति रहेको थियो ।
वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया