सह–महामन्त्री डा.महत टोखा–३ कांग्रेसको कार्यक्रममा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले तिहार, नेपाल सम्वत र छठका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर शुभकामना दिएका छन् ।
काठमाडौंको क्षेत्र नं. ५ अन्तर्गत नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं. ३ द्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुभकामना प्रदान गरेका हुन् । उनले शुभकामना दिँदै आगामी निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् ।
कांग्रेसका नेता कार्यकर्ताहरू एकजुट भएर निर्वाचनमा जाने हो भने कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने डा.महतले बताएका छन् । उनले १४औँ महाधिवेशन पनि समयमा हुने बताएकाा छन् ।
सह–महामन्त्री डा.महतले कांग्रेसको संगठन निर्माणमा ध्यान पनि आग्रह गरेका छन् । उनले कांग्रेसलाई जनताले खोज्न थालेको भन्दै कम्युनिस्टको झुठको कुराले सबैलाई दिक्क बनाएको बताए ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया