कांग्रेस नेता बस्नेतद्वारा मार्मिङमा शैक्षिक सामग्री वितरण
भोटेकोशी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकारी विद्यालयका स–साना बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ मार्मिङ को माध्यमिक र आधारभुत तहको विद्यालयहरूका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री बितरण गरेका हुन् ।
कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र तरुण बिभागका केन्द्रीय सदस्य पासाङ नोर्ब शेर्पाको पहलमा मानव अधिकार एवम् कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपालले झोला सहयोग गरेको थियो ।
नेता बस्नेतले भोटेकोशी–५ को बिद्यालयहरूमा अध्ययनरत छात्र/छात्रालाई झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताएका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोकका जनतालाई सधैँ सहयोग गर्दैै आएका छन् । उनले सानोभन्दा सानो सहयोग पनि गर्ने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया