गुटका नाममा गिरोह चलाउँदा कांग्रेस कमजोर हुन्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार समयमा हुने बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा नेता खतिवडाले महाधिवेशन गर्न अब ढिला गर्नु नहुने बताएका छन् । उनले महाधिवेशनमा मिलेर जानुपर्ने बताए ।

नेता खतिवडाले प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहको निर्वाचन आउन लागेको भन्दै कांग्रेसलाई महाधिवेशन समयमा गर्नुपर्ने बताए । उनले कांग्रेसका लागि धेरै समय नरहेको बताएका छन् ।

‘चुनावमा जानुपर्छ । हामीलाई अब पर्याप्त समय पनि छैन’, उलने भने, ‘कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउने जिम्मेवारी छ । गुट भनेको सामान्य कुरा हो । गुटका नाममा गिरोह चलाएर कांग्रेस कमजोर बनाउने काम सहन सकिदैन ।’

उनले भने, ‘पार्टीभित्र विचार समूह हुन सक्छन् । पार्टी कमजोर बन्यो भने हामी सबै कमजर हुन्छौँ । समयमा महाधिवेशन हुन नसक्नुमा हामी सबै नेता दोषी छौँ ।’

कांग्रेसका युवा नेता खतिवडाले न्यायालयमा भएका पछिल्ला गतिविधिहरूप्रति चिन्ता जनाएका छन् । उनले न्यायालयलाई बदनाम गर्ने कार्य भएको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेका छन् ,

‘न्यायपालिकालाई गिजोल्ने काम कसैले गर्नु हुँदैन । न्यायाधीशहरूका कारण जनतालाई लाज लाग्ने कार्य भएको छ’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘न्यायपालिकामा हस्तक्षेप गर्ने पक्षमा छैनौँ । न्यायालयलाई खिचडी नबनाइदिनुस् ।’

Published : Friday, 2021 October 29, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया