तारमा झुण्डिएको अवस्थामा भेटिए प्रचण्ड, धुलिखेलतिर मोजमस्ती
काठमाडौं । अविरल वर्षाले हजारौँ जनताले दुःख पाइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने परिवारसहित काभ्रेपलाञ्चोक जिल्लामा जिपलाइन खेलमा रमाइरहेका छन् ।
शुक्रबार प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका हुन् । नाती, नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेको तस्बिरमा देखिएको छ ।
यसअघि प्रचण्डले बिहीबार भोटेकोशीमा पत्नी सीता दाहाल, छोरी गंगा दाहाल, बुहारी विना मगर, ज्वाइँ जीवन आचार्यलगायतसँग र्याफ्टिङ गरेका थिए ।
एक सयभन्दा धेरै सर्वसाधारणले बाढी र पहिरोका कारण ज्यान गुमाएका बेला जनताको उद्धार गर्न छाडेर प्रचण्ड परिवारसहित मोजमस्ती गर्न काभ्रे र सिन्धुपाल्चोकका महँगा रिसोर्टहरू चाहर्दै हिँडेका छन् ।
बाढी र पहिरोका कारण जनता भोकै छन् । उनीहरूलाई उद्धार र राहत गर्न छाडेर प्रचण्ड रमाइलो र मोजमस्तीतिर लागेपछि माओवादीकै कार्यकर्ताको मन दुखेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया