उद्धार र राहतमा जुट्न देशभरिका तरुणहरूलाई उपाध्यक्ष चापागाइँको अपील
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले बाढीपहिरोको विनासबाट जनधनको ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
उपाध्यक्ष चापागाइँले बिहीबार सामाजिक सञ्जालमार्फत दशैँका बेला अविरल वर्षातका कारण मुलुकका विभिन्न स्थानमा ठूलो नोक्सानी भएको भन्दै उद्धार र राहतमा खटिन तरुणहरूलाई निर्देशन दिएका छन् ।
‘वर्षाका कारण ठूलो नोक्सानी भएको छ । हजौँर सर्वसाधारण प्रभावित बनेका छन्’, उनले भने, ‘पहिला उनीहरूको उद्धार गरौँ । त्यसपछि राहत वितरणमा ध्यान दिऔँ ।’
चापागाइँले आ–आफ्नो तर्फबाट सबैले सक्दो सहयोग गर्न पनि अपील गरेका छन् । सरकारले आफ्नो तर्फबाट उद्धार र राहतको कार्यक्रम अगाडि बढाएको भन्दै उपाध्यक्ष चापागाइँले देशभरिका तरुणहरूले पनि विपतको बेलामा प्रभावितलाई सहयोग गरेर मानवताको कार्य गर्न आग्रह गरेका छन् ।
उपाध्यक्ष चापागाइँले बाढी र पहिरोपीडितको उद्धार तथा राहतमा खटिने क्रममा तरुणहरूलाई आवश्यक पर्ने सहयोग र केन्द्रबाट हुने सबै समन्वय गर्न आफू तयार रहेको बताएका छन् ।
शुक्रबारसम्म देशभरि बाढीपहिरोबाट ५८ जनाको मृत्यु भइसकेको छ । हजारौँ विघा जमीनको धानबाली नोक्सान भएको छ । हजारौँ सर्वसाधारण विस्थपित भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि बिहीबार बाढी पहिरोपीडितको उद्धार र राहतका लागि सुरक्षाकर्मी र स्थानीयबाट भइरहेका प्रयासका विषयमा जानकारी लिन सुदूरपश्चिमतर्फ गएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया