दाउन्नेमा बस दुर्घटना, १५ जना घाइते
दाउन्ने । नवलपुर जिल्लाको दाउन्नेको जंगलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बर्दघाट नगरपालिका–४ दाउन्ने जंगल बाँसखोलास्थित सडकमा लु.१ ख ७९८५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल बर्दघाट पठाएको छ ।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2021 October 20, 10:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया