गुरुङले सचिव पदमा दावी गरेपछि एनआरएनएभित्र पूरै खैलाबैला

यूएई । गैर आवासीय नेपाल संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक प्रवीण गुरुङले एनआरएनए सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएको १०औँ सम्मेलन अक्टोवर महिनाको तेस्रो साता हुनेछ । गुरुङले संघमा संस्थागत स्थायित्व र विकासको नारा दिएर आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

संघको सचिवमा उम्मेदवारी घोषणा गरेका गुरुङले ‘एक पटको नेपाली, सधैंको नेपाली’ भन्ने नाराका साथ आफूलाई प्रतिस्पर्धाको मैदानमा उतारेका छन् ।

एनआरएनएभित्र गुरुङ लोकप्रिय मानिन्छन् । उनले सचिव पदमा दाबी गरेर उम्मेदवारी दिने भनेपछि एनआरएनएभित्र खैलाबैला भएको छ । गुरुङले सचिव पदमा जित्ने सम्भावना निकै रहेको चर्चा छ ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने कुरालाई पनि गुरुङले अगाडि बढाएका छन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरूको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको उनले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपूर्व संयोजक गुरुङले भूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत विभिन्न दैविक प्रकोपको बेला सहयोगहरू गरेका थिए ।

गोरखासहितका विभिन्न जिल्लामा गुरुङले सहयोग गरिसकेका छन् । बारा र पर्साका जिल्लामा हावाहुरीको घरवार विहीन भएकालाई पनि उनले सहयोग गरेका थिए ।

गुरुङले खाडी मुलुकहरूमा अलपत्र परेका नेपालीहरूको उद्धार गरेका छन् । मध्यपूर्व अर्थात यूएईबाट उनले कोरोना महामारीका बेला अक्सिजन सिलिण्डहरू संकलन गरेर नेपाल पठाएका थिए ।

Published : Sunday, 2021 August 15, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया