रुपन्देहीमा १० लाख रुपियाँसहित ३ जना पक्राउ

भैरहवा । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपियाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१३ वडबलिया बस्ने २० वर्षीय विष्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन् ।

लु.४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको छ ।

Published : Sunday, 2021 August 15, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया