पोखरामा मोटरसाइकलको स्वरुप बिगार्नेहरूलाई कारबाही, ३६ वटा मोटरसाइकल पक्राउ

पोखरा । सवारी नियम उल्लघंन गर्ने दुई पाङ्ग्रे २६ वटा सवारी साधनहरूलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूले स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने गरी तीव्र गतिमा लापरवाही तबरबाट चलाई सवारी नियम उल्लघंन गर्ने मोटरसाइकलहरूलाई कारबाही गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले बुलेट मोटरसाईकल ७ वटा, क्रस फायर मोटरसाईकल ११ वटा र अन्य मोटरसाईकल– ८ वटा गरी जम्मा २६ वटा दुई पाङ्ग्रे सवारी साधनहरूलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

सवारी नियम उल्लंघन कार्यलाई नियन्त्रण गर्ने अभियानकै रूपमा लागीपरेको कास्की प्रहरीले साउन ३० गते पोखराका बिभिन्न स्थानमा चेक जाँच गरी उक्त सवारी साधनहरूलाई नियन्त्रण लिएको हो ।

धनी बाबुआमाका सन्तानले मोटरसाइकलहरूको स्वरुप विगारेर ध्वनी प्रदुषण गर्नुका साथै सडकमा आतंक मच्चाउन काम गरेपछि प्रहरीले कास्कीमा कारबाही प्रक्रिया चलाएको छ ।

गण्डकी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी दिवेश लोहनी आएपछि कानून विपरीतका हर्कत गर्नेहरूलाई कारबाही थालेका छन् ।

Published : Sunday, 2021 August 15, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया