गृहमन्त्री खाणद्वारा स्व.गंगाबहादुर गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता गंगाबहादुर गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कांग्रेस नेता खाणले शुक्रबार काठमाडौंको कालोपुलस्थित १३ दिनको काजकिरिया गर्ने स्थानमा पुगेर स्व.गुरुङप्रति श्रद्धाञ्जलि दिएका हुन् ।

खाणले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

स्व. गंगाबहादुर गुरुङ नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशकी प्रमुख सचेतक राधा घलेका पिता हुन् ।

स्व.गंगाबहादुर गुरुङ सिन्धुली क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति अर्जुन गुरुङ, मोहिनी घले, रामकृष्ण गुरुङ र रामहरि गुरुङका पिता तथा पद्यमाकुमारी गुरुङका पति हुन् ।

Published : Friday, 2021 August 13, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया