गृहमन्त्री खाणद्वारा नयाँ गृहसचिव पाण्डेलाई स्वागत, ओली समर्थक न्यौपानेलाई विदाइ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरुवा भएर आएका नयाँ गृहसचिव टेकनाथ पाण्डेलाई स्वागत गरेका छन् ।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाणले सचिव पाण्डेलाई स्वागत गरेका हुन् । पाण्डेलाई सरकारले भूमि सुधार मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरेर ल्याएको हो । पाण्डेले गृहसचिवको जिम्मेवारी समेत सम्हालेका छन् ।
गृह मन्त्रालयमा सरुवा भएर आएका सचिव पाण्डे प्रशासनमा दक्ष मानिन्छन् ।
यसअघिका गृह सचिव महेश्वर न्यौपानेलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर थन्काएको छ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई निकट मानिने न्यौपानेलाई सरकारले गृह सचिवबाट हटाएको छ ।
ओली र महेश बस्नेतको निर्देशनमा न्यौपानेले नेपाल प्रहरीमा नियम मिचेर डीआईजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गराउन पहल गरेका थिए । एआईजी थापा एमालेका ओली र बस्नेत समर्थक मानिन्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया