कांग्रेस असफल होइन, एकअर्काको उछितो काट्ने नेताहरू असफल हुन्ः युवा नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले कांग्रेस पार्टी कहिल्यै पनि असफल नहुने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर भण्डारीले कांग्रेसको महाधिवेशन गर्न नसक्ने नेताहरू असफल रहेको बताए । नेतृत्वमा रहेका नेताहरूका कारण पार्टीभित्र समस्या भएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी असफल होइन । महाधिवेशन गर्न नसक्ने नेताहरू असफल हुन्’, युवा नेता भण्डारीले भने, ‘अब तपाईंहरूको काम महाधिवेशनका कुरा सम्झिने बस्ने ।’
कांग्रेसका नेता भण्डारीले भने, ‘एक अर्कोको जति सकिन्छ उछितो काट्ने बाहेक अरु के गर्ने ?’
कांग्रेसको १४औँ महाधिवेशन अनिश्चित बनेपछि नेता भण्डारीले चिन्ता जनाउँदै कांग्रेसको नेतृत्वप्रति चरम असन्तुष्टि जनाएका हुन् ।
कांग्रेसको महाधिवेशन भदौमा हुने कार्य तालिका छ । महाधिवेशन आउन कम्तिमा १५ दिन बाँकी रहेका बेला गाउँ, वडाहरूको महाधिवेशन हुन सकेको छैन ।
कांग्रेसको महाधिवेशनलाई कोरोना महामारीले प्रभावित बनाएको छ । यस्तो अवस्थामा १४औँ महाधिवेशन र कांग्रेसको भविष्यलाई लिएर युवा नेताहरूमा चिन्ता आएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया