युवती कुट्ने दोषी छुटाउन दवाव दिने मेयरसँग ओलीको भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिाएका छन् ।
मेयर चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घोडाघोडीस्थित निवासमा गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । उनै मेयर चौधरीले बोक्सी आरोपमा कुटपिट गर्ने कथित भोले बाबालाई छुटाउन प्रहरीलाई दवाव दिएका थिए ।
एमालेबाट घोडाघोडी नगरपालिकामा विजयी भएका चौधरीले पीडित राधा चौधरीलाई न्याया दिनुको साटो कथित बोले बाबालाई छुटाएपछि चौतर्फी आलोचना भएको थियो ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरूले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ । प्रधानमन्त्री ओलीले चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताएका छन् ।
‘घटनाको छानविन हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दोषीले उम्कन पाउँदैनन् । उनीहरूलाई कानून अनुसार कारबाही हुन्छ ।’
चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार बिष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेको ओलीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत