मेरुदण्ड पक्षघात भएका अपाङ्गहरूका मागप्रति सरकार गम्भीर छः गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मेदरुदण्ड पक्षघात भइ अपाङ्गता भएका व्यक्तिहरूका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
मेरुदण्ड पक्षघात भइ अपाङ्ता भएका व्यक्तिहरूको संगठन ‘स्पाइनल कर्ड इञ्जरी नेटवर्क नेपाल’का प्रतिनिधिहरूसंग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट क्रममा गृहमन्त्री खाणले अपाङ व्यक्तिहरूका मागका विषयमा वर्तमान सरकार गम्भीर रहेको बताए ।
स्पाइनल कर्ड इञ्जरी नेटवर्कका प्रतिनिधिहरूले राखेका मागलाई सरकारले सम्बोधन गर्ने आश्वासन खाणले दिएको निजी सचिवालयले जनाएको छ ।
भिन्न क्षमता भएका नागरिकहरूलाई लक्षित गरेर शिक्षा, स्वास्थ, रोजगारी एवम् जीविकोपार्जनमा राज्यले हेर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको गृहमन्त्री खाणले बताए ।


Published : Friday, 2021 August 6, 7:44 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया