सुकुम्बासीको आन्दोलनमा आधा किलो सुन लगाउने कम्युनिस्टको पहिचान खुल्यो
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा प्रदर्शनमा उत्रिएका सुनको सिक्री लगाएका एक जना युवकको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाइरल बनेका युवक एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता रहेको खुलेको छ । उनको नाम वीरबहादुर श्रेष्ठ ‘सुमन’ हो ।
उनीको स्थायी घर सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा पर्छ । उनी हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका छन् ।
युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थित जडीबुटीमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा श्रेष्ठले झण्डै आधा किलो जस्तो देखिने सुनको ठूलो सिक्री लगाएको तस्बिर सामाजिक सञ्जालमा ट्रोल भएको छ । विरोधीहरूले तस्बिरलाई राखेर आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेका श्रेष्ठले आफू सुकुम्बासी नभएको पत्रकारहरूलाई बताएका छन् । युवा संघको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएको बताएका छन् । श्रेष्ठले सुन लगाउने आफ्नो सोख रहेको प्रतिक्रिया दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया