महामन्त्रीको भेलामा गगनसहितका युवाहरू सहभागी, सम्मानजनक स्थान नदिए सरकारमा नजाने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले युवा नेताहरूसँग छलफल गरेका छन् ।
१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कोइरालाले सोमबार काठमाडौंमा भेला राखेर गगन थापासहितका युवा नेताहरूसँग परामर्श गरेका हुन् ।
सरकारमा सहभागिता र १४औँ महाधिवेशनका विषयमा छलफल केन्द्रित रहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिएका छन् ।
सरकारमा सहभागी हुन् कोइरालाले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले सम्मानजनक हैसियत दिनुपर्ने जनाएका छन् । देउवाले सम्मानजनक स्थान नदिए सरकारमा सहभागी नहुने कोइरालाले आफ्नो धारणा सुनाएका थिए ।
केन्द्रीय सदस्य घिमिरले प्रधानमन्त्री देउवाले तीन जना मन्त्री बनाउँदा पौडेल–कोइराला समूहबाट मन्त्री नबनाएकोमा असन्तुष्टि जनाए । उनले भने, ‘सम्मानजनक अवस्था भएन भने एकलौटी सरकार चलाउनलाई हामीले मार्ग प्रशस्त गर्नुपर्दछ ।’
नवीकरण भएका क्रियाशील सदस्यमा संस्थागत धाँधली भएको विषयमा पनि छलफल भएको छ ।
महामन्त्री कोइरालाको छलफलमा गगन थापा, सरिता प्रसाइँ, धनराज गुरुङ, बद्री पाण्डे, कमला पन्त, रत्ना शेरचन, दीपक गिरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, जीवन परियार लगायतका नेताहरू सहभागी थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया