पोखराका पर्यटन व्यवसायीहरूलाई खोपमा प्राथमिकता दिन गृहमन्त्री खाणसँग अनुरोध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिप्रसाद शर्माले सर्वसाधारणसहित उद्योगी, पर्यटन व्यवसायीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

सिंहदरबारमा बिहीबार खाणलाई शुभकामना दिने क्रममा मन्त्री शर्माले पोखरा पर्यटकीय नगर भएकाले त्यहाँका पर्यटन व्यवसायीहरूलाई खोप लगाइदिनुपर्ने बताएका हुन् ।

उनले कोरोनाविरुद्धको खोप सबै जनताका लागि अनिर्वाय भएको भन्दै केन्द्र सरकारसँग आफूहरूले सहयोगको अपेक्षा राखेको बताएका छन् ।

गृहमन्त्री खाणले पोखरा लगायत गण्डकी प्रदेश पर्यटनलाई पुनःजीवन दिनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरी खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

Published : Thursday, 2021 July 29, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया