सहमतिपछि कांग्रेस नेता डा.यादव समूहले अनसन तोड्यो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्रमोहन यादवसहितका तीन जनाले आमरण अनसनमा तोडेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका डा.यादवसहितका तीन जनाले मंगलबार आमरण अनसन तोडेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । डा.यादवसहितका नेताहरूको स्वास्थ्य गम्भीर बनेपछि अनसन तोडाइएको हो ।
डा.यादवसहितका तीन जना १० दिनदेखि आमरण अनसनमा बसेका थिए ।
कांग्रेसका सह–महामन्त्री डा.महत र नेता डा.रामशरण महतले १० दिनदेखि आमरण अनसनमा बसेका धनुषाका नेताहरूको अनसन तोडाएका छन् ।
डा.यादवसहितका नेताहरूसँग छ बुँदे सहमति भएको छ । क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि डा.यादवको समूह कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अनसन बसेको थियो ।
डा.यादवको समूहले आमरण अनसन तोडेपछि बारासहितका जिल्लाका नेताहरूको अनसन भने यथावत छ । उनीहरूले पनि क्रियाशील सदस्यता वितरणमा आफूहरूलाई अन्याय गरेको भन्दै अनसन बसेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया