एमालेकी सांसद चौधरीले दिइन् माधव नेपाललाई औकातमा बस्न चेतावनी
काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिमा एमालेकै वरिष्ठ नेता समेत रहेका माधवकुमार नेपालबाट थारु समुदायका सांसद नारदमुनि रानामाथि गरिएको व्यवहारको विरोध गरेकी छिन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद रानामाथि भएको व्यवहारको विरोध गरेकी हुन् ।
सांसद चौधरीले समितिमा भएको घटना समस्त थारु समुदायको अपमान भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ ।’
उनले समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको बताएकी छिन् । रानाको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सांसद चौधरीले बताएकी छिन् ।
‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’, एमाले सांसद चौधरीले भनेकी छिन्, ‘एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?’
सांसद चौधरीले आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने चेतावनी दिएकी छिन् । समिति बैठकमा एमाले वरिष्ठ नेता नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए ।
समितिको बैठकमा एमालेकै सांसद रानाले एमाले वरिष्ठ नेता नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसद र अरु दलका सांसद उनीमाथि खनिएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया