बर्दियामा कांग्रेसका लोकप्रिय नेता थारुको निधन
बर्दिया । नेपाली कांग्रेस बर्दियाका नेता मनीराम थारुको निधन भएको छ ।
मधुवन नगरपालिका– १ सूर्यपटुवा निवासी थारुको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेसको क्रियाशील सदस्य रहेका थारु पञ्चायतकालदेखि नै स्थानीयस्तरमा पार्टी कार्यरत थिए ।
प्रजातन्त्र स्थापनापछि दुई पटक वडाध्यक्ष पदमा अत्याधिक मत लिई थारु विजयी भएका थिए । उनको लोकप्रियताकै कारण दुई पटक वडाध्यक्षमा जितेका हुन् ।
गाउँ बडघर भई तिहाई प्रथाको अन्त्य गरी गाउँको उन्नति प्रगतिमा कांग्रेस नेता थारुको ठूलो योगदान रहेको कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।
Published : Monday, 2021 July 26, 9:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया