कम्युनिस्टले अन्याय गरेका राणालाई डीआईजी बढुवामा पारेर कांग्रेसले न्याय दियो
काठमाडौं । बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिसमा परेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीमा दरवन्दी रहेका राणालाई समितिले बढुवाका लागि सिफारिस गरेको हो । राणालाई तत्कालीन कम्युनिस्ट सरकारले भैरहवामा लगेर बिमानस्थलमा थन्काएर राखेको थियो ।
प्रहरीभित्र राणालाई खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेलानमा पारेको थियो । सोही कारण राणा बढुवा हुन सकेका थिएनन् ।
राणा प्रहरीभित्र वरिष्ठतममा पर्छन् । प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्री राणाकै ब्याजी हुन् ।
आफूसँगै प्रहरीमा सेवा शुरु गरेका साथीहरू आईजीपी बन्दा समेत राणाको पहुँच नहुँदा एसएसपीमै चित्त बुझाउनु परेको थियो ।
कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै गृहमन्त्री बालकृष्ण खाणले अन्यायमा परेका प्रहरीहरूको पीडा सुन्न थालेका छन् । खाणले प्रहरीभित्रको चेनअफ कमाण्ड नभत्कने गरेर न्याय दिन थालेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया