एमालेका नेता एवम् पोखराका प्रमुखलाई ढुकुटीको दश लाख उपचार खर्च
पोखरा । एमालेका नेता समेत रहेका पोखरा महानगरपालिकाले प्रमुख मानबहादुर जिसीको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको बैठकले प्रमुख जिसीको उपचारका लागि दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बिहान बसेको बैठकले मस्तिष्कघात भई काठमाडौंमा उपचाररत जिसीलाई प्रकोप व्यवस्थापन कोषबाट दश लाख खर्च लेख्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरा महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।
एमालेबाट निर्वाचित प्रमुख जिसीलाई महानगरपालिकाले उपचार खर्च उपलब्ध गराउने निर्णय गरेपछि आलोचना भएको छ ।
यसअघि, एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई समेत खड्गप्रसाद ओली नेतृत्वको निवर्तमान सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो । ओलीको स्वास्थ्य उपचारको खर्च पनि राज्यको ढुकुटीबाट हुँदै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया