सिन्धुपाल्चोक र मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा, साउन ६ गते बिदा
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने गरिएको छ ।
सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । सरकारले अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आह्वान गरेको छ ।
सरकारले मुस्लिाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउन ६ गते सार्वजनिक बिदा दिन गृहमन्त्री बालकृष्ण खाणसँग अनुरोध गरेका थिए ।
गृह मन्त्रालयको प्रस्तावमा सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया