देउवा प्रधानमन्त्री बने लगत्तै चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दियो
काठमाडौं । चीनले नेपाललाई कोभिड(१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटका क्रममा सो कुराको जानकारी दिएकी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने चनिले जनाएको छ । राजदूत यान्छीले प्रधानमन्त्री देउवासँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई यसअघि पनि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । चीनसँग ४० लाख डोज खोप किन्ने सम्झौता भएको छ । त्यसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।
भारतले पहिलो चरणमा कोरोनाविरुद्धको खोप निःशुल्क दिएको थियो । पछि भारतले कोरोनाविरुद्धको खोप नेपाललाई दिन मानेको छैन । किन्ने भनिएको खोप पनि भारतले दिएको छैन ।
अमेरिका, जापानले पनि नेपाललाई कोरोनाविरुद्धको खोप निःशुल्क दिने जनाइसकेका छन् । अमेरिकाबाट खोप पनि नेपाल आइसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया