१५ जना डीएसपीहरूको एसपीमा बढुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी) पदमा बढुवा भएको छ ।
शुक्रबार बसेको सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिका अनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ ।
डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएकाहरूमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा रहेका छन् ।
अच्यूतकुमार मजगैँया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइँकेल, सुशील सुवेदी, विमल डाँगी र धनबहादुर सिंहको बढुवा भएको ।
बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८ मा सेवा प्रवेश गरेकाहरूमात्र परेका छन् । समितिको सिफारिसअनुसार गृह मन्त्रालयले डीएसपीहरूको एसपीमा बढुवा गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया