यातायात व्यवसायी विभागले दियो देउवालाई बधाइ, सर्वोच्चलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसको यातायात व्यवसायी समन्वय विभागले सर्वोच्च अदालतको परमादेशसहितको फैसलाको स्वागत गरेको छ ।

विभागका अध्यक्ष एवम् कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव र सचिव प्रसन्नमान श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेर सर्वोच्च अदालतको फैसलाबाट नेपालको संविधान २०७२ लाई सहि दिशामा डोर्‍याउने काम भएको बताएका छन् ।

‘सर्वोच्च अदालतबाट भएको फैसलाले नेपालको संविधान २०७२ लाई सहि दिशामा डोर्‍याउने काम भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस ऐतिहासिक फैसलाको लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश एवम् संवैधानिक बेञ्चका अन्य न्यायाधीशज्यूहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।’

‘शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री बनाउनका लागि गरिएको परमादेशले देशको समग्र राजनीतिलाई सहि दिशामा डोर्‍याउने पूर्ण विश्वास लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीमा नियुक्त हुनुहुने सभापति शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छौँ ।’

Published : Tuesday, 2021 July 13, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया