भक्तपुरमा तरुण दलद्वारा दीप प्रज्वलन, एमालेका स्यालहरूलाई औकातमा बस्न चेतावनी
भक्तपुर । नेपाल तरुण दल भक्तपुरले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै खुसीयालीमा दीप प्रज्वलन गरेको छ ।
भक्तपुरको पाँचतले मन्दिर टौमढीमा सोमबार साँझ दीप प्रज्वलन गरिएको तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले सर्वोच्च अदालतको फैसलालाई सम्मान गरेर आत्मसात गर्न केपी ओलीका साइबर स्यालहरूलाई चेतावनी दिएका छन् ।
‘सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई बदर गरेर संविधान र लोकतन्त्रको रक्षा गरेको छ’, अध्यक्ष थापाले भने, ‘ओली र एमालेका साइबर स्यालहरू माइतीघर मण्डलामा उफ्रिएर केही हुँदैन ।’
भक्तपुर कांग्रेसका नेता कार्यकर्ता, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको उपस्थिति रहेको थियो ।
भक्तपुर एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको गृहजिल्ला पनि पर्छ । ओलीको घर बालकोटमा रहेको छ ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया