ओलीजी ! देश सनकले होइन संविधानले चल्छः कांग्रेस नेता खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्र र संविधानलाई अझ बलियो बनाएको बताएका छन् ।
खतिवडाले सोमबार ट्वीट गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गरेर न्यायालयले संविधानको रक्षा गरेको बताए ।
‘सर्बोच्च अदालतको फैसलाले नेपालमा संविधान, लोकतन्त्र र कानूनी राज्यलाई अझै बलियो बनाउने काम गरेको छ’, उनले भने, ‘म नै राज्य हुँ, मेरो बोली र आदेश कानून हुन् भन्ने पद्धति अब सधैंका लागि समाप्त भएको छ ।’
खतिवडाले भने, ‘सबै नयायमूर्तिप्रति आभार व्यक्त गर्दछु । मुलुक सनकले होइन संविधानले चल्छ ।’
Published : Monday, 2021 July 12, 7:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया