सापकोटाले गरिदिएका ‘ओलीका भिजिलान्ते’को भण्डाफोर, महेश बस्नेतलाई अचानक तनाब
काठमाडौं । माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष रामप्रसाद सापकोटाले राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको प्रदर्शनलाई ‘ओलीका भिजिलान्ते’को संज्ञा दिएका छन् ।
संघका इञ्चार्ज एवम् एमालेका नेता महेश बस्नेतको निर्देशन तथा संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको समर्थनमा आइतबार काठमाडौंमा स्वास्थ्य मापदण्ड विपरित प्रदर्शन भएको थियो ।
ओलीको पक्षमा नारावाजी र नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूविरुद्ध संघका नेता कार्यकर्ताले नारावाजी गरेका थिए ।
अध्यक्ष सापकोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, पञ्चायतकालमा पञ्च र राजाहरू आन्दोलन दवाउने निहु खोज्न भिजिलान्ते प्रयोग गरेर आन्दोलनकारीबीच ढुंगा हान्थे ।’
‘ओलीका भिजिलान्तेहरू विपक्षीलाई जिस्क्याउन र न्यायालयलाई तर्साउन सत्ताको बाहुबली देखाउन थालेछन्’, सापकोटाले भने, ‘ती र यीबीच फरक हामीले किन छुट्याउनुपर्छ र ?’
ओलीले आफ्नो कुर्सीमा खतरा देखेपछि आफ्ना समर्थकलाई काठमाडौंको सडकमा प्रदर्शनमा उतारेपछि आलोचना भएको छ ।
ओलीका समर्थनमा सडकमा भएको प्रदर्शनका कारण कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिन्छ ? ओलीसहित महेश बस्नेत, किरण पौडेलसहितका युवा संघका नेताहरूले कोरोनाविरुद्धको खोप पावर लगाएर लगाइसेका छन् ।
उनीहरूकै कारण कोरोन फैलियो भने त्यसको जिम्मेवारी ओली र महेश बस्नेतले लिनुपर्ने माग उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया