कांग्रेस नेता खतिवडाको घोषणाले ६० घण्टा अगाडि नै ओलीलाई तनाब बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका कामचालउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वोच्च अदालतलाई समेत ढाँटेको भन्दै पर्दाफास गरिदिएका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै ओलीले न्यायालयलाई समेत झुक्याएको बताए । उनले असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले संविधान र संसदीय व्यवस्थाको पक्षमा हुने बताएका छन् ।

‘संसदीय ब्यवस्थामा ५१ प्रतिशतले ४९ लाई शासन गर्छ’, खतिवडाले भने, ‘तर हाम्रा प्रधानमन्त्रीले जबर्जस्त ३३ प्रतिशतले ६६ प्रतिशतमाथी शासन गरेर अझै म बैधानिक प्रधानमन्त्री हु भनेर सर्वोच्च अदालतलाई समेत ढाट्न सफल हुनुहुन्छ ।’

कांग्रेस नेता खतिवडाले भने, ‘२८ गतेको फैसला संविधानको र संसदीय ब्यवस्थाको पक्षमा हुनेछ ।’

कांग्रेससहितका विपक्षी गठबन्धनमा आवद्ध दलहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय खारेजीको माग गरेर सर्वोच्च अदालतमा रिट दिएका छन् ।

सर्वोच्च अदालतले संभवत असार २८ गते संसद विघटनविरुद्ध दायर भएको रिटमाथि फैसला सुनाउनेछ । प्रधानमन्त्री ओली संसद विघटनको आफ्नो निर्णयको पक्षमा सर्वोच्चको फैसला आउस् भन्नेमा छन् ।

सर्वोच्च अदालतले असार २८ अर्थात सोमबार फैसला गर्ने सम्भावना छ । सर्वोच्चबाट फैसाला आउने करीव ६० घण्टा अगाडि नै खतिवडाले संविधान र संसदीय व्यवस्थाको पक्षमा फैसला आउन सक्ने भनेपछि ओली र बालुवाटारलाई तनाब भएको छ ।

Published : Saturday, 2021 July 10, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया