देउखुरीको राप्ती पुलमा क्षति, आवागमन अबरुद्ध
सिसहनियाँ । दाङको देउखुरी उपत्यकामा रहेको सिसहनियाँ–महदेवा जोड्ने राप्ती नदीको पक्की पुल जोखिममा परेको छ ।
राप्ती नदीमा आएको बाढीले पुलको एकातिरको भागमा कटान गरेर क्षति पु¥याएपछि पुल जोखिममा परेको एमालेकी नेतृ एवम् निवर्तमान सांसद गंगा चौधरीले जानकारी दिइन् । उनले पुलमा क्षति भएपछि आवागमन पनि अबरुद्ध भएको बताएकी छिन् ।
राप्ती नदीको यो पुल नेपालकै दोस्रो लामो पुल भनिएको छ । पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने काम गर्छ ।
महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।
पुल मर्मत गर्न पुल निर्माण गर्ने सरकारी निकायलाई आग्रह गरिएको नेतृ चौधरीले बताएकी छिन् । पुललाई एएनके लुम्बिनी वाईपी जेभीले निर्माण गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया