मेलम्ची–हेलम्बुलाई काठमाडौं र काभ्रेबाट लाखौँ रुपियाँ सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ ।
यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।
मेलम्चीले काठमाडौंलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको शाक्यले बताए ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०/१० लाख रुपियाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।
काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई तीन लाख तीन हजार तीन सय ३३ रुपियाँ सहयोग गर्ने मेयर टीपी तिमिल्सिनाले बताए ।
सहयोग रकम र खाद्यान्नसहित राहत बिहीबार मेलम्ची पुगेर हस्तान्तरण गरेको तिमिल्सिनाले जानकारी दिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया