संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व, बगाले अध्यक्षमा निर्वाचित
काठमाडौं । संसदको रिपोर्टिङ गर्ने पत्रकारहरूको संस्था ‘संसदीय मामिला पत्रकार समाज’को अध्यक्षमा सञ्जीव बगाले निर्वाचित भएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा बगाले ७९ मतसहित निर्वाचित भएको नवनिर्वाचित महासचिव विष्णु खड्काले जानकारी दिए । बगालेसँग पराजित कृष्णा पौडेलले ५५ मत पाएकी थिइन् ।
निर्वाचत हुनेमा खुला उपाध्यक्षमा डीपी उपाध्याय, महिला समावेशी उपाध्यक्षमा तुसली सापकोटा, महासचिवमा विष्णु खड्का, सचिवमा जयसिंह महरा, समावेशी सचिवमा दीपेश श्रेष्ठ, कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा सापकोटा र कोषाध्यक्षमा घिमिरे सर्वसम्मत भएका थिए ।
सदस्यमा अंगराज न्यौपाने, शम्भु दंगाल, आकाश क्षेत्री, किरण दाहाल, रोशन सापकोटा, अमरदीप श्रेष्ठ, सोविता शर्मा र केशवबहादुर भुल चयन भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया