‘महिलालाई कांग्रेसले पहिला अधिकार दिएको हो’

गोखरा । नेपाली कांग्रेसका नेताहरूले महिलाहरूका लागि कांग्रेसले धेरै सुविधा दिएको बताएका छन् ।

नेपाल महिला संघ, नगर कार्यसमिति गोरखाले शुक्रबार गोरखामा आयोजना गरेको प्रशिक्षणमा नेताहरूले कांग्रेसले संविधानले व्यवस्था गरेअनुसार महिलाहरूलाई पार्टीभित्र स्थान दिएको बताए ।

कांग्रेसको नेतृत्वमा बनेको संविधानले महिलाहरूलाई अधिकार दिएको बताए ।

नेताहरूले कांग्रेसले महिलाहरूलाई कहिल्यै पनि बेवास्ता नगरेका बताएका छन् । उनीहरू महिलाहरू नेपाली राजनीतिमा मात्र नभइ हरेक क्षेत्रमा पुरुषभन्दा कमजोर नभएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले महिलाहरू कमजोर नरहेको बताइन् । उनले कांग्रेसका महिला नेतृहरू मंगलादेवी सिंह, शैलजा आचार्यसहितले महिला अधिकारका लागि ठूलो योगदान गरेको स्मरण गरिन् ।

कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, पार्वती शाहसहितका नेताहरूले कांग्रेसले संविधानअनुसार महिलालाई अधिकार दिएर संविधान कार्यान्वयन गर्ने पहिलो पार्टी बनेको बताए ।

Published : Friday, 2021 March 26, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया