कांग्रेस नेता खाणद्वारा ओली सरकारको हर्कतको भण्डाफोर
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कम्युनिस्टहरूका कारण राष्ट्रिय राजनीतिमा कालो बादल मडारिएको बताएका छन् ।
बुटवलमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले भने, ‘अहिले मुलुकको राष्ट्रिय राजनीतिमा कालो बादल मडारिएको छ ।’ जनताले चाहेको र आशा गरेको अवस्थाभन्दा मुलुक पृथक अवस्थामा हिँडिरहेको उनले बताएका छन् ।
यो अवस्थाले जनतामा ठूलो निरास आउनसक्ने भन्दै उनले नयाँ बिद्रोहको परिस्थितिको उत्पन्न हुन सक्ने बताए ।
उनले अहिलेको सरकार जनतालाई अधिकार दिने सम्बन्धमा निरंकुश बनेको बताए । उनले भने, ‘सरकारले संसदमा मानवअधिकारसम्बन्धी विधेयक ल्याएको छ । त्यो विधेयकले आयोगलाई सरकारको एउटा मातहतको निकाय जस्तो भबनाएको छ ।’
प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरिरहेको बताएका छन् । ‘संविधानले सरकार बनायो । आज त्यही संविधानमा प्रहार केपी ओलीको सरकारले धावा बोलिरहेको छ’, कांग्रेस नेता खाणले भने, ‘कम्युनिस्टका कारण मुलुकको परिस्थिति सामान्य छैन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया