पाल्पामा जीपको ठक्करबाट रानाको मृत्यु
पाल्पा । पाल्पा जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
शनिबार दिउँसो रम्भा गाउँपालिका–५ मुडुलिचौपारीमा भएको दुर्घटनामा ६० वर्षीय भुपालसिंह राना मगरको मृत्यु भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्यभञ्याङबाट खाद्यान्न सामान लिएर रामपुरतर्फ आउँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भएर पैदलयात्री रानालाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते रानालाई उपचारका लागि प्राथमिक केन्द्र ताहँमा लगिएको थियो ।
उनको सोही केन्द्रमा मृत्यु भएको प्रहरी भनाइ छ । जीपका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Published : Sunday, 2020 September 6, 7:45 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया