चालिसेद्वारा मिर्गौलापीडितलाई आर्थिक र अति विपन्नहरूलाई खाद्यान्न सहयोग

काठमाडौं । अमेरिकाको डलासमा बस्दै आएका पूर्वक्रिकेट खेलाडी वरदान चालिसेले मिर्गौलापीडित खेलाडीलाई आर्थिक र निषेधाज्ञाका कारण समस्यामा परेका अति विपन्न परिवारहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।

हाल काठमाडौंमा रहेका चालिसेले पूर्वक्रिकेट खेलाडी कुन्दनसिंह राजपुतलाई १ लाख ५ हजार आर्थिक सहयोग गरेका हुन् । मिर्गौलापीडित राजपुतले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा डायलोसिस गराउँदै आएका छन् ।

यसैबीच, पूर्वक्रिकेट खेलाडी चालिसे काठमाडौंका ५१ परिवारलाई खाद्यान्नसहितको राहत उपलब्ध गराएका छन् ।

चालिसेले काठमाडौं महानगरपालिका–४ मा खाद्यान्न सहयोग गरेका हुन् । उनी सोही वडा निवासी पनि हुन् ।

राहत वितण कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ‘क’का सभापति भैरब सापकोटा, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य अनिशराम भट्टराई र नेपाली कांग्रेस वडा नं. ४ का ईकाइ सभापति रामप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

अमेरिकमामा बस्दै आएका चालिसे ‘नेपाली राइनोज क्रिकेट क्लब’मा आबद्ध छन् ।

Published : Saturday, 2020 September 5, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया