सिरहामा झडप, प्रहरीसहित स्थानीय घाइते
लहान । सिरहाको बर्यारपट्टि गाउँपालिका– १ कचनारीमा धानमा पानी पट्याउने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपमा तीन प्रहरीसहित थुप्रै स्थानीय व्यक्तिहरू घाइते भएका छन् ।
शुक्रबार राति करीब ९ बजेतिर रामनाथ यादव र विजय यादवका बीच खेतमा धान हाल्ने विषयलाई लिएर विवाद भएको थियो । विदाले उग्ररुप लिएपछि झडप भएको थियो ।
अजय यादवको खेतमा रहेको बोरिङबाट कसले पहिला पानी हाल्ने भन्ने विषयमा भनाभन भएको थियो ।
पुरानो रिसिबीका कारण झडप भएको झगडा भएको स्थानीयले बताएका छन् ।
घाइते दिनेशकुमार यादवलाई १० वटा टाका लागेको छ । श्यामकुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ ।
यता, एउटा समूहले राजकुमार यादवकी श्रीमती स्वस्तिकाकुमारी गिरी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको छ । उनको हातमा चोट लागेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया