काठमाडौं कांग्रेसका नेता चन्द्रबहादुरको निधन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका नेता चन्द्रबहादुर पुतुवार ‘लालु’को निधन भएको छ ।

शुक्रबार ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

नागर्जुन नगरपालिका वडा नं. ५ का पूर्वसभापति पुतुवारको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले श्रद्धाञ्जलि अर्पण गरेको छ ।

Published : Friday, 2020 September 4, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया