ललितपुरकाे झडप नियन्त्रण गर्न खटिएका १८ प्रहरीमा कोरोना

काठमाडौं । ललितपुरको पुल्चोकमा सुरक्षाका लागि खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आन्दोलन नियन्त्रणमा खटिएका एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । उनीहरूको रिपोर्ट शुक्रबार आएको हो ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ ।

ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

Published : Friday, 2020 September 4, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया