महन्थ र उपेन्द्रका कारण जसपा फुटको बाटाेमा, रिसाए चार नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र पुनः विवाद शुरु भएको छ । पूर्वराजपा नेपालाका चार जना नेताहरूलाई अन्याय गरेपछि विवाद उत्पन्न भएको हो ।

ठाकुरले महिन्द्र राय यादब, शरतसिंह भण्डारी, राजकिशोर यादब र अनिलकुमार झालाई धोका दिएका छन् । ठाकुरले यी चार नेताहरूलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएका थिए ।

आफू जसपाको संयोजक बजेपछि ठाकुरले उनीहरूसँग गरेको बाचा भुलेका छन् । ठाकुरलाई ती चार जनालाई वरिष्ठ नेता बनाउन दवाव परिरहेको छ । ठाकुरले नै उनीहरूलाई वरिष्ठ नेता बनाउन चाहेका छैनन् ।

ठाकुरले पूर्वराजपा नेपालबाट राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाएका छन् । महतोसँग ठाकुरको आजकाल हिमचिम बढेको छ ।

ती चार जना नेताहरूलाई वरिष्ठ नेता बनाउन नदिनेमा उपेन्द्र यादब पनि रहेका छन् । डा.बाबुराम भट्टराई उनीहरूलाई वरिष्ठ नेता बनाउन राजी छन् ।

तर, उपेन्द्र यादबको सकारात्मक नरहेपछि संयोजक ठाकुर ब्याक भएको उच्च स्रोतले जनाएको छ । वरिष्ठ नेता नबनाए आफूहरू जसपाको बैठकमा सहभागी नहुने र आवश्यक पर्‍यो भने अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरूको चेतावनीपछि महन्थ ठाकुर र उपेन्द्र यादब तनाबमा परेका छन् ।

जसपामा प्रदेश २ को सरकार परिवर्तन गर्न पनि दवाव परेको छ । प्रदेश २ को सरकार हटाउने विषयमा केही दिन अगाडि डा.बाबुराम भट्टराईको निवासमा गोप्य बैठक समेत बसेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने पक्षमा डा.भट्टराई छैनन् । अरु सबै नेताहरू राउतको विपक्षमा छन् । राउतलाई हटाएर नयाँ टिमलाई पठाउने विषयमा परामर्शहरू भएपनि ठोस निर्णय हुन सकेको छैन । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Friday, 2020 September 4, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया