शुक्रबार बिहानैदेखि ललितपुरमा कर्फ्यू आदेश जारी
जावलाखेल । रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा झडप भएपछि स्थितिलाई सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ ।
शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।
कोरोनाभाइरसको संक्रमणमा भीडभाड बढेको, धार्मिक संहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो ।
आवश्यकताअनुसार स्थानीय प्रशासन ऐनअनुसार कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्र कायम हुन्छ । ललितपुर जिल्ला पूरै भन्ने हैन ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया