कांग्रेस सह–महामन्त्री डा.महतद्वारा सोह्र श्राद्धको फजुल खर्च काटेर तीन सय अनाथलाई सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले बुबाआमाको पितृ तर्पण अर्थात सोह्र श्राद्धका अबसरमा अनाथ बालबालिकाहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।

‘सेवानै धर्म हो’ भन्ने भावनाका साथ डा.महतले ‘मेञ्ज फाउण्डेसन’लाई आफ्नै निवास बाँसबारी, महाराजगञ्जमा बुधबार खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सह–महामन्त्री डा.महत र उनकी पत्नी वीणा महतले खाद्य सामग्री हस्तान्तरण गरेका थिए । ‘सानो सहयोग गरिएको हो’, डा.महतले भने, ‘कोभिड–१९ को महामारीका बेला अनाथ बालबालिकालाई केही दिन भए पनि भोको पेट भरियोस् भनेर बुबाआमाको पितृ तर्पणको अबसरमा सहयोग गरेको हुँ ।’

सो संस्थामा तीन सय अनाथ बालबालिकाहरू बस्छन् । सह–महामन्त्री डा.महतले बुबा स्व.खड्गबहादुर महत र आमा स्व.टोलकुमारी महतको पितृ तर्पणका दिन खाद्य सामग्री वितरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

Published : Thursday, 2020 September 3, 7:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया