कम्युनिस्टहरूले ३५ अर्ब झ्वाम पार्न खोजेपछि पौडेलद्वारा छानविनको माग
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गरेका छन् ।
पौडेलले बुधबार विज्ञप्ति जारी गरेर तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न संसदीय समितिहरूसँग आग्रह गरेका छन् । उनले लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई रेलमार्ग ठेक्कापट्टको छानविन गर्न आग्रह गरेका हुन् ।
पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको जिम्मा दिने सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको स्पष्ट भएको उनले जनाएका छन् ।
उनले आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नुले समेत भ्रष्टचार भएको स्पष्ट हुने बताएका छन् ।
पौडेलले रेलमार्ग निर्माण परियोजनाका लागि निर्माण स्थलको धरातल तय नभइकन सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराई केहि निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरि ठेक्का दिनु अनुचित भएको बताए ।
कांग्रेस नेता पौडेलले निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरि राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपियाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको बताएका छन् ।
नेता पौडेलले रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरि निर्माणका ठेक्का लगाउनु सर्वथा गलत भएको बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया