काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बाउने निर्णय
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रायलबीचको छलफलपछि उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय भएको हो ।
तेस्रो पटक थप गरिएको निषेधाज्ञामा केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।
घर बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
१० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया